पार्टीभित्रको विवादलाई संकेत गर्दै पर्यटनमन्त्रीसमेत रहेका नेकपा नेता योगेश भट्टराईले मार्क्सवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
पार्टीभित्र विवाद चर्किरहेकै बेला नेता भट्टराईले मंगलबार बिहानै ट्विट गर्दै मार्क्सवादका त्रिआयामबारे चर्चा गरेका हुन्।
साथै उनले ‘पछाडि फर्किने पुल भत्किसकेको’ उल्लेख गरेका छन्।
‘मार्क्सवादका त्रिआयाम एकता-संघर्ष र रूपान्तरण,’ उनले ट्विटरमा लेखेका छन्, ‘हामी गलत हुन सक्छौं, मार्क्सवाद सत्य हो। रूपान्तरणमा पुग्नैपर्छ। पछाडि फर्किने पुल भत्किसक्यो।’
— Yogesh Bhattarai (@yogesbhattarai) July 21, 2020मार्क्सबादका त्रि आयाम
एकता - संघर्स र रुपान्तरण
हामी गलत हुनसक्छौ
मार्क्सबाद सत्य हो
रुपान्तरणमा पुग्नै पर्छ
पछाडी फर्कने पुल भात्कीसक्यो ।
याे पनि : नेकपा स्थायी कमिटी बैठक आज

प्रतिक्रिया