समाज


सुरक्षाकर्मी र स्थानीयद्वारा बाढीमा फसेका २ जनाको उद्धार

सुरक्षाकर्मी र स्थानीयद्वारा बाढीमा फसेका २ जनाको उद्धार

नेपालखबर
साउन ६, २०७७ मंगलबार ४:४२,

गएराति इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनाको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यक्तिहरुको संयुक्त प्रयासबाट उद्धार गरिएको छ।

इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटिएको सेनाको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो। माइजोगमाई गाउँपालिका–५ का ६६ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका(५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि उनीहरु फसेका थिए।

खबर पाएलगत्तै पुगेको सुरक्षाकर्मी र स्थानीयले उनीहरुलाई सकुशल बाढीबाट निकालेको छ। भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु बसेका थिए।

रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उनीहरुको सफल उद्धार गरिएको सेनाले जनाएको छ।

उनीहरुलाई प्रहरी निरिक्षक नबिन राईको कमाण्डमा प्रहरी टोली खटिएको र सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सामुहिक प्रयासबाट उनीहरुको राती ९ः५५ बजे सकुशल उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad