नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुँदै जाँदा सीमाका बासिन्दाबीच जोखिमपूर्ण तनाव बढेको छ। लकडाउन उल्लंघन गरेर सीमा वारिपारि गर्ने मात्र होइन, सीमास्तम्भ उखेलेर फाल्नेसम्मका घटना भएका छन् ।
राजनीतिक तथा कूटनीतिकस्तरमा समस्या समाधान गर्न ढिलाइ भए सीमाको जनजीवन थप उत्तेजित हुने स्थिति बनेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
यी हुन् सीमा क्षेत्रमा भएका तनावका प्रतिनिधिमूलक घटना
- झापाको फत्तेपुरमा शनिबार मध्यराति सशस्त्र प्रहरीमाथि भारतीय नागरिकको आक्रमण, सशस्त्र प्रहरीले ग¥यो हवाईफायर
- चितवनको ठोरीमा भारतीयले सीमास्तम्भ उखेलेपछि तनाव, स्तम्भ पुनस्र्थापना
- सिराहामा तीन महिनामा दुईपटक झडप, बिओपीका इन्स्पेक्टर घाइते
- कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा भारतीय अवरोध, स्थानीय नेपालीको प्रतिरोधपछि निर्माण सुरु
- सुनसरीमा लगातार दुई दिन झडप, नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान
- सर्लाहीमा सशस्त्र प्रहरीमाथि भारतीयको सामूहिक आक्रमण, प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु

प्रतिक्रिया