उक्त झडपपछि सीमा विवादलाई कम गर्ने उद्देश्यका साथ दुवै देशका सेनाबीच वार्ता जारी छ। वार्तामा दुवै देशका सेनाबीच विवादित क्षेत्रबाट पछाडि हट्ने सहमति पनि जुटेको छ।
तर आफू विवादित क्षेत्रबाट पछाडि हटेपनि चिनियाँ सेनाहरु हट स्रिंग्स, पाङगोङ र देपसाङ क्षेत्रमा नै रहेको भारतीय अनुसन्धान एजेन्सीहरुले जनाएका छन्।
इकोनोमिक टाइम्समा आइतबार छापिएको खबर अनुसार चिनियाँ सेनाले विवादित क्षेत्रबाट आफ्नो संख्या कम गरेपनि केही सेनाहरु सोही स्थानमै छन्।
यसअघि भारतीय सेनाले चिनियाँ सेना वास्तवमै सहमतिअनुसार विवादित क्षेत्रबाट हटेका छन् या छैनन् भन्ने निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएको थियो। एजेन्सी

प्रतिक्रिया