समाज


गण्डकी प्रदेशका ६ जिल्लाका १६ स्थानीय तहमा थपिए २४ कोरोना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लाका १६ स्थानीय तहमा थपिए २४ कोरोना संक्रमित

वाशुदेव मिश्र
साउन ४, २०७७ आइतबार ६:५३,

गण्डकी प्रदेशमा पर्ने ६ जिल्लाका १६ स्थानीय तहमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन्।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाका ६ जनासहित २४ जनामा कोरोना पुष्टि भएको हो।

निर्देशक विनोदविन्दु शर्माका अनुसार पोखराका ६, लमजुङका ६, म्याग्दीका ६, बागलुङ, स्याङ्जा र पर्वतका २-२ जनामा कोरोना पुष्टि भएको हो।

Gandaki-notice-1.jpg

यो सँगै गण्डकीमा संक्रमितको संख्या १३०२ पुगेको छ।

निर्देशक शर्माका अनुसार सबै संक्रमितमध्ये केहीलाई आइसोलेसनमा राखिसकिएको छ भने म्याग्दी जिल्लाका व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

Gandaki-notice-2.jpg

यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ९३८ रहेको निर्देशक शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .