सत्तारुढ ददल नेपाल क्म्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ।
आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।
अर्को बैठक पर्सि ६ गतेका लागि बोलाइएको छ।
‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’, कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ र पछिल्लो पटक साउन २ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो।
बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
शनिबार अध्यक्ष ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने सहमति भएको चर्चा चले पनि आइतबार प्रचण्डले त्यस्तो कुनै सहमति नभएको बताएका छन्। आइतबार बिहान आफ्नै निवास खुमलटारमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनला, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुसँग प्रचण्डले त्यस्तो बताएका हुन्।
Shares

प्रतिक्रिया