समाज


कोरोना भाइरस लामखुट्टेबाट पनि सर्छ कि?

कोरोना भाइरस लामखुट्टेबाट पनि सर्छ कि?

नेपालखबर
साउन ३, २०७७ शनिबार १६:२,

लामखुट्टेबाट कोरोना संक्रमण सर्छ कि सर्दैन भन्ने विषयमा वैज्ञानिकले अध्ययन गरेका छन्।

साइन्टिफिक रिपोर्टस जर्नलमा प्रकाशित अध्ययनअनुसार लामखुट्टेबाट कोरोना भाइरस सर्दैन। अध्ययनका क्रममा लामखुट्टेका तीन प्रजातिमा कोरोनाले आफ्नो संख्या वृद्धि गर्न नसक्ने पाइएको हो। यसकारण कुनै कोरोना संक्रमितलाई टोकेको लामखुट्टेले अर्काे स्वस्थ व्यक्तिलाई टोक्दा संक्रमण सर्दैन।

यस अध्ययनका लेखकले भनेका छन्, ‘एकदमै अप्ठेरो अवस्थामा पनि कोरोना भाइरस लामखुट्टेबाट फैलिन सक्दैन। यो त्यतिबेला पनि सम्भव हुँदैन कि लामखुट्टेले संक्रमितलाई टोक्नेबित्तिकै अर्काेलाई किन नटोकोस्। विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) पनि यस अध्ययनको पुष्टि गरेको छ। यही अध्ययनका आधारमा डब्लूएचओले पनि लामखुट्टे कोरोनाको वाहक हुन सक्दैन भनेको छ। तर पनि डब्लूएचओले कोरोना भाइरस र जनावरबीच सम्बन्ध के छ भन्ने स्पष्ट पार्न सकेको छैन।’

कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित मासु बजारबाट सुरु भएको हो। कतिपय अध्ययनले कुकुर वा बिरालोलाई कोरोनाको वाहक मानेका छन्। तर यसको पनि ठोस प्रमाण भेटिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad