राजनीति


राष्ट्रपति भण्डारीलाई ओली–प्रचण्डको संयुक्त ब्रिफिङ

राष्ट्रपति भण्डारीलाई ओली–प्रचण्डको संयुक्त ब्रिफिङ

नेपालखबर
साउन ३, २०७७ शनिबार १५:५९,

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका दुई अध्यक्षको भेट सकिएको छ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार बेलुका शितलनिवास पुगेका थिए।

प्रचण्डको सचिवालयका एक नेताका अनुसार अध्यक्ष प्रचण्ड राष्ट्रपतिसँगको भेट सकी शितलनिवासबाट फर्किसकेका छन्।

पार्टीको सचिवालय बैठक सकिएलगत्तै महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहित दुई अध्यक्ष शितलनिवास पुगेका हुन्।

पार्टीमा सिर्जित विवादबारे चार घण्टा लामो बैठकमा भएको छलफलपछि नेताहरु राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ।

याे पनि: सचिवालय बैठकलगत्तै नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास

ओली–प्रचण्ड मात्र मिले देशव्यापी अभियानमा जान्छु : माधव नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .