समाज


पर्साको जगरनाथपुरमा बालिका बलात्कृत, पीडितका आमाछोरी नै प्रहरीको संरक्षणमा

पर्साको जगरनाथपुरमा बालिका बलात्कृत, पीडितका आमाछोरी नै प्रहरीको संरक्षणमा

नेपालखबर
साउन ३, २०७७ शनिबार ३:४७,

पर्साको जगरनाथपुर गाउँपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी छन्।

पीडितले दिएको मौखिक उजुरीका आधारमा आज (शनिबार) बिहानै २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘अहिले घटना अनुसन्धानकै क्रममा रहेकाले नाम नभनौं,’ पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले शनिबार बिहान नेपालखबरसँग टेलिफोनमा भने, ‘ती युवक अविवाहित हुन्, २५ वर्षका छन्।’

डीएसपी कुँवरका अनुसार घटना शुक्रबार बिहान भएको हो। बालिकाको बयानअनुसार घटनाका बेला दुई जना थिए। तर आफूलाई एक जनाले मात्र बलात्कार गरेको बताएकी छन्।

‘हामीले मुख्य आरोपितलाई आज बिहानै पक्राउ गरेका हौं,’डीएसपी कुँवरले भने, ‘अर्काे व्यक्तिको भूमिका के थियो भन्ने छानबिन भइरहेको छ।’

उनका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ, त्यसको रिपोर्ट आउन बाँकी छ। अहिले पीडित बालिका र उनकी आमा दुवैलाई प्रहरीको संरक्षणमा राखिएको उनले बताए।

गाउँमा असुरक्षाका हिसाबले दुवैलाई प्रहरीकाे संरक्षणमा राखिएकाे उनकाे भनाइ छ। 

यौन दुर्व्यहार पुष्टि हुन नसकेपछि ३ स्वास्थ्यकर्मी तारिखमा रिहा
पर्साको वीरगन्जस्थित एक अस्पतलामा उपचार गराइरहेकी युवतीलाई रातको समयमा यौन दुर्व्यवहार गरेको आरोपमा गत असार २४ गते पक्राउ परको तीन स्वास्थ्यकर्मीलाई प्रहरीले छाडेको छ।

अपराध प्रमाणि हुन नसकेकाले उनीहरूलाई तारिखमा छाडिएको प्रवक्ता डीएसपी मनोजित कुँवरले शनिबार बिहान नेपालखबरलाई जानकारी दिए।

‘कतैबाट पनि पीडितले भनेजस्तो दुर्व्यवहा पुष्टि हुन सकेन,’ उनले भने, ‘त्यही भएर तारिखमा छाडेका हौं।’

घटनाकाे पृष्ठभूमिवीरगन्जमा उपचारक्रममा युवतीको संवेदनशील अंग स्पर्श गरेको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad