समाज


कोरोना संक्रमित ऐश्वर्याका आमाछोरी पनि अस्पताल भर्ना

कोरोना संक्रमित ऐश्वर्याका आमाछोरी पनि अस्पताल भर्ना

नेपालखबर
साउन ३, २०७७ शनिबार ४:१६,

कोरोना संक्रमण भएपछि घरमै क्वारेन्टिनमा रहेका बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी पनि अन्ततः अस्पतालमा भर्ना भएका छन्।

गत आइतबार कोरोना संक्रमण पुष्टि भएका उनीहरूलाई शुक्रबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो, जहाँ ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ यसअघिदेखि नै उपचाररत छन्। उनीहरू पनि कोरोना संक्रमित हुन्।

न्युज एजेन्सी पीटीआईले अस्पतालको स्रोत उधृत गर्दै ऐश्वर्या र उनकी छोरीलाई चिकित्सकको हेरचाह आवश्यक भएकाले अस्पतालमा भर्ना गरिएको हो। तर उनीहरूको अवस्था अहिले ठीक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad