समाज


बलात्कार मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ

नेपालखबर
साउन ३, २०७७ शनिबार २:२२,

स्थानीय एक महिलालाई जबर्जस्ती करणी गरी फरार भएका एक अभियुक्तलाई उदयपुर प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

बलात्कार अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष कारागार सजायको फैसला भएका देव राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका ३३ वर्षीय राई उदयपुरको त्रियुगा नगरपालिका-६ जलजले निवासी हुन्।

प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले ६ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए।

गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार त्रियुगा नगरपालिकाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad