पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना गरेका छन्।
शनिबार बिहान ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप लगाएका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा नेता भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए। चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?’
उनले नेकपालाई अलमल नगरी केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाउन आग्रहसमेत गरेका छन्। ‘संसदबाटै संकटमोचन किन हुन्न? ओली हटाऔं, देश बचाऔं,’ भट्टराईले लेखेका छन्।
— Baburam Bhattarai (@brb1954) July 18, 2020प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं

प्रतिक्रिया