समाज


कोरोनाकै बीच बोलिभियाका यौनकर्मी फर्किए पेसामा, सुरक्षाका लागि यसो गर्छन्

कोरोनाकै बीच बोलिभियाका यौनकर्मी फर्किए पेसामा, सुरक्षाका लागि यसो गर्छन्

नेपालखबर
साउन ३, २०७७ शनिबार ३:८,

ल्याटिन अमेरिकी देश बोलिभियाका यौनकर्मी कोरोनाकै बीच आफ्नो पेसामा फर्किएका छन्। तर सुरक्षाका लागि पञ्जा, ब्लिच र पारदर्शी रेनकोट प्रयोग गर्ने गरिएको उनीहरूले बताएका छन्।

यौनकर्मीका लागि काम गर्ने संस्था नाइट वर्कर्स अफ ओर्गेनाइजेसन (ओटीएन-बी) को सुझावमा आफूहरूले सुरक्षाको विधि अपनाएर यौन पेसा पुनः सुरु गरेको उनीहरूले बताएका छन्।

बोलिभियामा देह व्यापारलाई वैधानिकता दिइएको छ। तर विभिन्न सर्तसहित वेश्यालयलाई लाइसेन्स दिइन्छ।

कोरोना महामारीका कारण गत मार्चदेखि त्यहाँ पनि लकडाउन लागू गरिएको थियो, तर अब खुला गरिएको बीबीसीले जनाएको छ। तर अझै पनि यौनकर्मीलाई दिनमा विभिन्न प्रतिबन्ध लगाइएको छ भने रातमा कर्फ्यु लगाउने गरिएको छ।

वेनेसा नाम गरेकी एक यौनकर्मी छिन्, जसका दुई बच्चा छन्। ती बच्चाको पढाइलेखाइका लागि पनि यो काम गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन्।

उनले भन्छिन्, ‘हाम्रा ग्राहक सुरक्षामा ध्यान दिन्छन्। उनीहरू हामीले अपनाएका सावधानी आफ्ना लागि पनि हो भन्ने कुरा बुझ्छन्।

अर्का यौनकर्मी एनटोर्निएटाका अनुसार अनुहारमा लगाउने कागजको मास्क, प्लास्टिकको पर्दा, पञ्जा र रेनकोट प्रयोग गर्ने गरिएको छ।

वेश्यालयमा आफ्ना ग्राहकसामु नृत्य गर्ने बेला सरसफाइका लागि खम्बाहरूमा ब्लिच छर्ने गरिएको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘जैविक–सुरक्षित सुटका साथ हामी आफ्नो काम गर्न सक्छौं र सुरक्षित हुन्छौं।’

ओटीएनबी संस्थासँग आबद्ध यौनकर्मीले पछिल्लो महिना बोलिभियाका स्वास्थ्य मन्त्रालयका अधिकारीसँग भेटघाट गरेका थिए। त्यस क्रममा अधिकारीले उनीहरूलाई सुरक्षित रूपमा देह व्यापार गर्ने सम्बन्धमा ३० पृष्ठ लामो नियम पुस्तिका दिएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad