मंगलबारको यस घटना बुधबार भिडियो सार्वजनिक भएसँगै चर्चामा आएको हो।
किसान दम्पतीले खेती गर्नका लागि जमीन भाडामा लिएका थिए। सरकारी जग्गा रहेको उक्त क्षेत्रबाट प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो।
किसान दम्पतीलाई भने उक्त क्षेत्र सरकारी भन्ने थाहा थिएन। आफूले भाडामा लिएको जमीनबाट हटाउन खोज्दा किसान दम्पतीले त्यसको प्रतिकार गरे।
ये शिवराज सरकार प्रदेश को कहाँ ले जा रही है ?
ये कैसा जंगल राज है ?
गुना में कैंट थाना क्षेत्र में एक दलित किसान दंपत्ति पर बड़ी संख्या में पुलिसकर्मियों द्वारा इस तरह बर्बरता पूर्ण लाठीचार्ज।
1/3 pic.twitter.com/lRgOFaWHPp
तर प्रहरीबाट निर्मम रुपमा कुटिएपछि उनीहरुले विष सेवन गर्दै आत्महत्याको प्रयास गरेको भारतीय संचार माध्यमले जनाएका छन्।
हाल दुवैको अस्पतालमा उपचार भइरहेको भएपनि महिलाको अवस्था गम्भीर भएको बताइएको छ।

भिडियोमा देखिएअनुुसार किसान दम्पतीलाई प्रहरीले निर्मम तवरबाट कुटेका छन्। आमाबुबालाई पिटिरहँदा उनीहरुका ७ छोराछोरी रोइरहेको भिडियोमा देखिएको छ।
विष सेवन गरेर आमाबुबा दुवै अस्पताल भर्ना भएपछि यी ७ बालबालिकाको बिचल्ली भएको बताइएको छ।
भिडियो भाइरल भएसँगै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले उक्त घटनामा संलग्न सबै प्रहरीलाई कारवाही गरिने बताएका छन्। यस घटनामा अनुसन्धान गर्न चौहानले निर्देशन दिएका छन्।
यस घटनासँगै भारतभर प्रहरीको दमनको विरोध भएको छ।

अधिकारीहरुका अनुसार उक्त सरकारी जमीन आदर्श महाविद्यालयका लागि छुट्याइएको छ। तर स्थानीयका अनुसार उक्त जमीनलाई त्यहाँका पूर्व पार्षदले कब्जामा लिएका छन्।
ती पूर्वा पार्षदले त्यहाँको केही भाग खेतीका लागि किसान राजकुमार अहिरवारलाई भाडामा दिएका थिए। राजकुमारले २ लाख ऋण लिएर बुझाई सकेका थिए।
यस्तो अवस्थामा प्रहरीले डोजर ल्याएर उनको खेती गरिरहेको जमीनलाई हटाउन खोजेको थियो। प्रहरीलाई प्रतिकार गर्न खोज्दा राजकुमार दम्पती पिटिए त्यस लगत्तै उनीहरुले विष सेवन गरे। एजेन्सी

Shares

प्रतिक्रिया