कारोबार


दशक लामाे सेवापछि नेपाल लाइफ इन्स्योरेन्सबाट विदा हुँदै सीईओ विवेक झा

दशक लामाे सेवापछि नेपाल लाइफ इन्स्योरेन्सबाट विदा हुँदै सीईओ विवेक झा

नेपालखबर
साउन १, २०७७ बिहिबार ७:२,

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा आजदेखि विदा हुने भएका छन्।

उनले सञ्चालक समितिसँग भएको सम्झौताबमोजिमको प्रथम कार्यकाल सफलतापूर्वक पूरा गरेको कम्पनीले जनाएको छ।

नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको पनि कम्पनीले जनाएको छ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘सदैव आफ्ना सहकर्मी कर्मचारीहरुलाई आफ्नो मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, सेयरधनीहरुको अटुट विश्वास, सञ्चालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, सेयरधनी, सञ्चालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्नुभयो।’

हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पुर्याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किँदै जाने विश्वास व्यक्त गरे। यसका लागि आवश्यकताअनुसार आफ्नो तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको झाले बताएका छन्।

सीईओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरे।

साथै, सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले सीईओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad