कारोबार


एनआईसी एसिया बैंकको खातामा नगद जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने

एनआईसी एसिया बैंकको खातामा नगद जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने

नेपालखबर
साउन १, २०७७ बिहिबार ७:२२,

एनआईसी एसिया बैंकले पहिलोपटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर अनलाइनबाटै भर्न मिल्ने प्रणाली सुरु गरेको छ।

ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत यो लिंक (यहाँ क्लिक गर्नुहोस्)मा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने सुविधा ल्याएको हो।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेका अनुसार उक्त लिंकभित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ। उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाइने र तत्पश्चात् उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफूले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिनेछ।

यस्ताे छ अनलाइन डिपाेजिट भाैचर
Online Deposit Voucher

यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ। बैंकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुने र उनीहरुलाई काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ।

नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत आईसर्भमार्फत सेवा दिइरहेको छ। उक्त सेवाहरू आईसर्भमार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad