सोमबार मध्यान्न उनको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको अमेरिकी संचारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
फहिमको हत्या भएको र उनको शव नजिकै धारिलो हतियार भेटिएको प्रहरीले जनाएको छ।
सञ्चार माध्यम र प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या भएको आए पनि त्यसको औपचारिक पुष्टि भने प्रहरीले गरेको छैन्।
३३ वर्षीय उद्यमी फहिमको हत्या नै भएको भए पनि कारण भने हालसम्म खुल्न सकेको छैन। फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ।
बुधबार आफ्ना संस्थापक तथा कार्यकारी अधिकृत फहिमको मृत्युले पठाओ कम्पनी स्तब्ध भएको बताएको छ।
पठाओ हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए। फहिमको हत्या योजनावद्ध भएको आशंका गरिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया