समाज


नारायणगढ-मुग्लिन सडक भासियो, यातायात सञ्चालनमा समस्या

नारायणगढ-मुग्लिन सडक भासियो, यातायात सञ्चालनमा समस्या

नेपालखबर
असार ३०, २०७७ मंगलबार ४:३६,

चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने १७ किलो भन्ने ठाउँमा सडक भासिएपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ। सोमबार राति सडक भासिएपछि सवारी साधन एकतर्फी सञ्चालनमा आएका छन्।

सडक भासिएपछि सोमबार बिहान ग्राबेल हालेर यातायात सञ्चालनमा ल्याइएको थियो। तर, राति पुनः सडक धसिएसँगै सवारी साधन एकतर्फी गरिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए।

‘सडक थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकेका छौँ,’ उनले भने, ‘सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको थियो। तर, सडक धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएका छौँ।’

नारायणगढ मुग्लिङ सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो। अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ।

त्यस ठाउँमा सडक नौ मिटर फराकिलो छ। सोही ठाउँमा २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको अधिकारीले बताए।

तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको उनको भनाई छ। दुई वर्षअघि सडक विस्तारको काम सकिएको थियो। सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ। ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ।

अधिकारीले धसिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताए। भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ। अविरल वर्षा भइरहेकाले सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी रहेको उनले बताए। यो सडक राजधानी काठमाडौं भित्रने र बाहिरिने प्रमुख मार्ग हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad