डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो।
अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो। अहिले कार्यालय सिल गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया