समाज


दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कार र ट्रक फसे

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कार र ट्रक फसे

नेपालखबर
असार ३०, २०७७ मंगलबार ३:५५,

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने दाउन्नेमा अविरल वर्षासँगै पहिरो जाँदा मंगलबार बिहान तीन बजेदेखि नै यातायात पप्प भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार पहिरोका कारण सडकमा गुड्दै गरेको बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक फसेका छन्। ‘एउटा ट्रक र कारलाई पहिरोसँगै सडकमा ढलेको रुखले थिचेको छ,’ एसपी रेग्मीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘मानवीय क्षति भएको छैन। पहिरो हटाउने प्रयास भइरहेको छ।’

DaUnne 2

अबको एकदुई घण्टापछि पहिरो पन्छाएर यातायात सञ्चालन गरिने उनले बताए। ‘पहिरो पन्छाउन बिहानैदेखि डोजरको प्रयोग भइरहेको छ,’ रेग्मीले भने। बिगत ६ घण्टादेखि सडक अवरुद्ध हुँदा पहिरो खसेको दुबैतर्फ सडकमा सवारी साधनको लामो लाइन लागेको छ।

पहिरोले सडक भने बगाएको छैन। ‘माथिबाट खसेको पहिरो सडकमा थुप्रिएको मात्रै हो, सडकमा क्षति भएको छैन। पहिरो पन्छाएपछि सजिलै गाडी चल्छ,’ एसपी रेग्मीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad