पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वभर तीन हजार सात सय २७ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ७४ हजार नौ सय ७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा धेरै ब्राजिलमा सात सय ७० जनाले ज्यान गुमाएका छन्। ब्राजिलपछि भारतमा धेरैको मृत्यु भएको छ।
वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा पाँच सय ४९ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार सात सय २७ पुगेको छ। ब्रालिमा अहिलेसम्म मृतकको संख्या ७२ हजार नौ सय २१ पुगेको छ।
सोमबार कोरोनाको कारण अमेरिकामा चार सय ७५ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ७४ हजार नौ सय ७७ पुगेको छ।
गएको २४ घण्टामा विश्वभर एक लाख ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यसबीचमा सबैभन्दा धेरै अमेरिकामा ६५ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। अमेरिकापछि भारतमा र ब्राजिलमा धेरैमा संक्रमण देखिएको छ।
गएको २४ घण्टामा भारतमा २८ हजार एक सय ७९ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा २१ हजार सात सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया