राजनीति


बढ्दै चीन–अमेरिका द्वन्द्व, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो चेतावनी

बढ्दै चीन–अमेरिका द्वन्द्व, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो चेतावनी

नेपालखबर
असार ३०, २०७७ मंगलबार २:५०,

चीनले दक्षिण चीन सागर दाबी गर्नु पूरै गैरकानुनी भएको अमेरिकाले आरोप लगाएको छ।

अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले सोमबार दक्षिण चीन सागरस्थित विवादित जल क्षेत्र नियन्त्रण गर्ने चीनको आक्रामक अभियान गलत भएको आरोप लगाएका हुन्।

चीनले दक्षिण चीन सागरको ठूलो हिस्सा आफ्नो भएको दाबी गर्दै त्यहाँ मानव निर्मित द्वीपमा सैन्य क्याम्प राखेको छ।

तर त्यस द्वीप तथा चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनेई, मेलिसिया र भियनामलेसमेत आफ्नो दाबी पेस गरिरहेका छन्। दक्षिण चीन सागर क्षेत्रको स्वामित्वका विषयमा यी देशबीच सदियौंदेखि विवाद भइरहेको छ। तर पछिल्लो समय यो विवाद अझ बढेको छ।

नाइन–ड्यास–लाइनको नामले परिचित चीनले आफ्नो भएको दाबी गरिरहेको छ। यो दाबीलाई बलियो बनाउन चीनले उक्त क्षेत्रमा कृत्रिम द्वीप बनाएको भने नौसेनाको गस्ती बढाइरहेको छ।

तर सोमबार अमेरिकाका विदेशमन्त्री पम्पिओले त्यस क्षेत्रको विवादमा अमेरिकाले कसैको पक्ष नलिने तर भियतनाम, मलेसिया र इन्डोनेसियाअन्तर्गतको जलक्षेत्रमा चीनको दाबीको विरोध गर्ने बताए।

उनले भने, ‘उक्त जलक्षेत्रमा अरू देशको माछा समात्ने वा हाइड्रेकार्बन विकाससँग सम्बन्धित गतिविधि गरेर तनाव सिर्जना गर्ने कुनै कदम अवैध हो। विश्व समुदायले दक्षिण चीन सागरलाई चीनको साम्राज्य बन्न दिँदैन।’

विदेशमन्त्री पम्पिओले अमेरिका दक्षिण पूर्व एसियामा आफ्ना सहयोगीको अधिकार र समुद्र तटका स्रात सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको बताए।

अमेरिकाले चीनको विरोध गर्नुको अर्थ
वासिङ्टनस्थित बीबीसी चिनियाँ संवाददाता जायोन फङका अनुसार अमेरिकाले अहिलेसम्म दक्षिण चीन सागर विवादमा कसैको पक्ष लिएको थिएन।

तर अन्तर्राष्ट्रिय अदालत हेगले दक्षिण चीन सागरमा चीनको दाबी कानुनी आधार नभएको बताएको ४ वर्षपछि अमेरिकाले यस विवादमा आफूलाई पनि आधिकारिक रूपमा उभिएकाे हाे।

तर प्रश्न के हो भने अमेरिकाले यो कदम किन उठायो?

गत हप्ता दक्षिण चीन सागरमा अमेरिका र चीनले एकै समय नौसेनाको युद्धअभ्यास गराएका थिए। यो निकै फरक दृश्य भएको र चीन र अमेरिकाबीच तनाव बढ्दै गएको विश्लेषण गरिएको छ।

दक्षिण चीन सागरको विवाद के हो?
इन्डोनेसिया र भियतनामको बीचमा पर्ने उक्त सामुद्रिक क्षेत्र ३५ लाख वर्गकिलोमिटरमा फैलिएको छ। जुन क्षेत्रमा चीन, फिलिपिन्स, भियतनाम, मलेसिया, ताइवान र ब्रुनाईले आआफ्नो दाबी गरिरहेका छन्।

प्राकृतिक सम्पदाले भरिपूर्ण उक्त सामुद्रिक क्षेत्रमा जीवका सयौं प्रजाति पाइन्छन्। एक दशकअघिसम्म उक्त क्षेत्रमा यति धेरै तानातान थिएन। तर चीनले ठूलो मात्रामा इँटा, ढुंगा, बालुवा बोकेका जहाज पठाउँदै समुद्र किनार वरपर भौतिक संरचना निर्माण थाल्यो। सुरुमा एउटा बन्दरगाह बनाएको चीनले फेरि जहाज बिसाउने ठाउँ पनि बनायो र दक्षिण चीन सागरमा एउटा कृत्रिम टापु नै तयार पार्‍याे। अनि त्यसमा सैन्य क्याम्प राख्यो।

चीनले यस सानो सागरको स्वामित्वका विषयमा अन्तर्राष्ट्रिय मध्यस्थताको निर्णयसमेत अस्वीकार गर्‍याे। बीबीसी  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad