नेपाली पोर्न साइट चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय श्रेष्ठ थरका एक युवा छन्।
श्रेष्ठले विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ। चितवनकी एक १७ वर्षीया पीडित युवतीले दिएको उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
3
Shares

प्रतिक्रिया