राजनीति


चीनको खतरा मध्यनजर गर्दै ताइवानले सुरु गर्‍यो वार्षिक सैन्य अभ्यास

चीनको खतरा मध्यनजर गर्दै ताइवानले सुरु गर्‍यो वार्षिक सैन्य अभ्यास

नेपालखबर
असार २९, २०७७ सोमबार १२:४५,

पछिल्लो समय ताइवानले मुख्यक्षेत्र चीनको एक देश दुई प्रणाली नमान्ने बताइरहँदा चीनले ताइवानको हवाई क्षेत्रमा आफ्ना युद्धक विमानहरु अनुमति बिना उडाइरहेको छ।

ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताइरहँदा ताइवानले चिनियाँ खतरासँग जुध्नलाई आफ्नो रक्षाशक्ति मजबुत बनाउन थालेको बताइएको छ।

गत मे महिनामा ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आफ्नो नयाँ कार्यकालमा क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउने र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउने बताएकी थिइन्।

Soldiers operate a 155mm howitzer during a drill in Taichung ahead of this week’s war games. Photo: AFP

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनबाट खतरा महसुस हुन थालेपछि ताइवानले चीनसम्मै पुगेर मार हान्नसक्ने क्षेप्यास्त्रको विकास गर्ने अपेक्षा गरिएको छ।

ताइपेइस्थित नेसनल पोलिसी फाउन्डेसनका अनुसन्धानकर्ता चि चङका अनुसार ताइवान सरकारले यसवर्ष क्षेप्यास्त्र, ड्रोनहरुका साथै डिजिटल हतियार बिकास गर्नेछ।

आज सोमबारको सैन्य अभ्यासमा ताइवानका सेनाले हवाई अभ्यास गरेको जनाइएको छ। ताइवानका सेनाले हवाई सैन्य अभ्यास गरेका तस्बिरहरु पनि सार्वजनिक भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad