समाज


तनहुँमा पहिराले घर बगायो

तनहुँमा पहिराले घर बगायो

नेपालखबर
असार २८, २०७७ आइतबार ८:२७,

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति पहिराले एक घर बगाएको छ।

दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उनीसहित पाँच जना सामान्य घाइते भएको स्थानीयवासी विशाल ढकालले जानकारी दिए।

पहिराले घर बगाएपछि स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए। पहिराले घर बगाएपछि मुरलीसहित उनका श्रीमती, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिएका छन्। ‘अकस्मात् पहिरो आएर घर बगाएपछि स्थानीयवासीले तत्कालै उहाँहरुको उद्धार गरेका कारण थप क्षति हुन पाएन’, विशालले भने, ‘उहाँहरु अहिले छिमेकीका घरमा हुनुहुन्छ।’

सोही घरमा शनिबार साँझ एक वृद्धको कालगतिका कारण मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिराका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad