लकडाउन खुकुलो भएसँगै मोटुल लुब्रिकेन्टको व्यापार बढ्नथालेको छ। चैत ११ देखि ठप्पजस्तै रहेको लुब्रिकेन्ट व्यापार असार १ देखि लकडाउन खुकुलो भएसँगै व्यापार बढेको हो।
सरकारले असार १ देखि निजी सवारीसाधनमा जोरविजोर लागू गरी सञ्चालन अनुमति दिएको छ। सवारी सञ्चालनमा आएसँगै मोटुलको लुब्रिकेन्ट सामान्य अवस्थाको तुलनामा ७० प्रतिशत व्यापार रहेको कम्पनीले जानकारी दिएको छ।
नेपालमा मोटुल ब्रान्डको आधिकारिक वितरकको रुपमा विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्स रहेको छ। कम्पनीले नेपालभर एक सयभन्दा बढी रिटेलमार्फत मोटुलको कारोबार गरिरहेको छ। नेपाली बजारमा मोटुलका मिनरल, सेमी सिन्थेटिक र सिन्थेटिकका सबै भेरियन्टका लुब्रिकेन्ट्स उपलब्ध छ।

‘लकडाउन खुकुलो भएसँगै हाम्रो व्यापार ७० प्रतिशतले बढेको छ’, विशाल ग्रुपका पुरुषोत्तम पौडेलले भने, ‘मोटुल लुब्रिकेन्टका सबै भेरियन्ट नेपालमा उपलब्ध रहेको छ।’
पौडेलका अनुसार नर्मल लुब्रिकेन्टदेखि सेन्थेटिक लुब्रिकेन्ट सबै नेपालमा उपलब्ध रहेको छ।
‘दुई पांग्रे, चारपांग्रेलगायत ठूला सवारीको लागि आवश्यक सबै लुब्रिकेन्ट नेपाली बजारमा उपलब्ध रहेको छ’, उनले भने, ‘पहिला पेट्रोल सेगमेन्टका लुब्रिकेन्ट मात्रै उपलब्ध रहेको मोटुलले डिजेल सेगमेन्टको लागि पनि नेपाल भित्र्याएको छ।’
भारतीय बजारमा राम्रो पफरमेन्स गरेको डिजेल सेगमेन्टका मोटुल लुब्रिकेन्ट अब नेपालमा भित्रिएको हो।
‘डिजेल सेगमेन्टमा ८० हजार किलोमिटरसम्मको लुब्रिकेन्ट रहेको छ। त्यसका अलावा हेभी इक्विप्मेन्ट र औद्योगिक प्रयोजनका लागि प्रयोग लुब्रिकेन्ट पनि भित्रिएको छ। मोटुल फुल रेन्जमा आएको छ’, उनले भने।
केही वर्षअघि नेपालमा लुब्रिकेन्टमा खासै प्रतिस्पर्धा थिएन, एकाध कम्पनीको एकछत्र राज थियोे। तर अहिले आएर अटो बजारको विस्तारसँगै मार्केटमा थुप्रै लुब्रिकेन्ट्स ब्रान्डहरू छन्।
नेपालमा अझै पनि धेरै उपभोक्ताहरूलाई लुब्रिकेन्ट्सबारे खासै जानकारी छैन।

कम्पनीहरूले डिलर, काउन्टर र वर्कशपहरूलाई विभिन्न स्किमको प्रलोभन देखाएर बिक्री गर्ने गरेका छन्।
‘हाम्रो गुणस्तरको वा हामी बराबरको लुब्रिकेन्ट नै छैन। नेपाली बजारमा भएका लुब्रिकेन्टभन्दा हामी धेरै राम्रो छौँ’, पौडेलले भने।
पौडेलले मोटुल गुणस्तरमा विश्वास गर्ने बताए। गुणस्तरका आधारमा खरिद गर्दा सुरुमा अन्य लुब्रिकेन्टसभन्दा अलिकति महँगो पर्न गए पनि भविष्यमा प्रयोगको आधारमा मोटुल अझ सस्तो पर्ने कम्पनीको विश्वास छ।
मोटुल सेन्थेटिक लुब्रिकेन्ट्सको आविष्कार पनि हो। सुलभ मूल्यमा गुणस्तरीय लुब्रिकेन्ट्स प्रदान गर्नु नै मोटुलको मुख्य विशेषता रहेको कम्पनीले दाबी छ।
मोटुल विश्वमै सबैभन्दा बढी रेन्जका लुब्रिकेन्ट उत्पादन गर्ने इतिहास बोकेको कम्पनी हो। मोटुल सन् १८५३ मा स्थापना भएको फ्रेन्च कम्पनी लुब्रिकेन्टमा विश्वमा चर्चित कम्पनी रहेको छ।
अहिले विश्वका प्रायः देशमा यसको कारोबार गरिरहेको मोटुलको युरोपमा मात्रै करिब २० प्रतिशत बजार हिस्सा ओगटेको बताएको छ। मोटुल लुब्रिकेन्टले डिजेल, पेट्रोल, औद्योगिकलगायत सबै उत्पादन गर्छ।
मोटुलको विश्वभर स्पेसल प्रोडक्टको रुपमा ‘सेन्थेकिट लुब्रिकेन्ट’ चिनिएको छ।
Shares

प्रतिक्रिया