अवैध रुपमा मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको आरोपमा ललितपुर महानगरपालिका वार्ड नम्बर तीनका वडाध्यक्ष श्रीगोपाल महर्जनसहित १२ जनालाई प्रहरीले पक्राउ छ।
महर्जनलाई शनिबार बेलुका पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान व्युरोले जनाएको छ।
शनिबार नै चितवनको भरतपुर मेडिकल कलेजका चारजना डाक्टर पक्राउ परेका थिए।
मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाका अनुसार अवैधरुपमा मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न रहेको अभियोगमा वडाध्यक्षसमेत मुछिएका थिए।
मिर्गौला रोग विभागका प्रमुख प्रा.डा. राकेश बर्मा, प्रा.डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ पक्राउ परेका थिए। शनिबार नै थप ८ जनालाई पक्राउ गरिएको थपलियाले जनाए।
वडाध्यक्ष महर्जनले नक्कली आफन्त बनाएर सिफारिस दिएको खुलेको छ।

प्रतिक्रिया