कारोबार


आइफोन एसई २०२०, म्याकबुक २०२०, नयाँ आईम्याक प्रो नेपाली बजारमा

आइफोन एसई २०२०, म्याकबुक २०२०, नयाँ आईम्याक प्रो नेपाली बजारमा

नेपालखबर
असार २६, २०७७ शुक्रबार ६:३५,

एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौैँदेखि बजारमा एप्पलका असली उत्पादनहरु बिक्री गर्दै आएको छ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक)को एक मात्र वितरक जेननेक्स्टले आइफोन यही जुलाईदेखि नेपालमा आईफोन एसई सार्वजनिक गर्ने जनाएको छ। यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध हुनेछ। सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिने भएका छन् जसले स्मार्टफोन प्रेमीहरु माझँ उत्साहपूर्ण प्रतीक्षा जगाएको छ।

साथै ग्राहकहरुले छुट पनि पाउन सक्ने कम्पनीले जनाएको छ। यसअनुसार ग्राहकले म्याकबुक प्रो १३ इन्च, १.४ गिगाहर्ज/क्वाडकोर, आई५, ८जीबी, २५६ जीबी–२०१९ (नयाँ)मा असली मूल्य २ लाख १७ हजार ५ सयको सट्टा १ लाख ७८ हजारमै प्राप्त गर्नसक्नेछन्। त्यस्तै १२८ जीबीको मूल्य १ लाख ८८ हजार ५ सय रुपैयाँबाट छुट भई १ लाख ६५ हजारमै प्राप्त गर्न सकिने बताइएको छ।

ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टीका लागि कम्पनीले अनुरोध पनि गरेको छ। कम्पनीका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा)। मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न अनुरोध समेत गरिएको छ।

अद्यावधिक गरिएको मूल्यसूचीअनुसार ११ मोडलको ६४ जीबीलाई १ लाख १६ हजार ५ सय, ११ मोडलकै १२८ जीबीलाई १ लाख २४ हजार ५ सय, ११ मोडलको २ सय ५६ जीबीलाई १ लाख ४० हजार १ सय पर्ने बताइएको छ। त्यस्तै प्रोका ६४ जीबी र २ सय ५६ जीबीलाई क्रमशः १ लाख ६४ हजार र १ लाख ८८ हजार पर्नेछ।

त्यस्तै, म्याक्स ६४ र २६५ जीबीलाई क्रमशः १ लाख ८० हजार र २ लाख ४ हजार, एसईका ६४, १२८ र २५६ जीबीतर्फ क्रमशः ७० हजार, ७५ हजार र ९६ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। सेभेनप्लस १ सय २८ जीबीलाई ५८ हजार र सेभेन १ सय २८ जीबीलाई ५१ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीका भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad