भारत कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे अन्ततः आज (शुक्रबार) बिहानै मारिएका छन्।
भारतीय प्रहरी अधिकारीका अनुसार शुक्रबार बिहानै अभियुक्त दुबेलाई पक्राउ परेकाे स्थान मध्य प्रदेशकाे उज्जैनबाट उत्तर प्रदेशको स्पेसल टास्क फोर्सले गाडीमा राखेर कानपुर लाँदै थियो। तर कानपुर नजिकै पुग्ने बेला गाडी अचानक पल्टियो।
याे पनि: आठ प्रहरी हत्यापछि फरार विकास दुबे एक हप्तापछि कस्तो अवस्थामा कसरी पक्राउ परे?
प्रहरी अधिकारीका अनुसार दुर्घटनामा केही प्रहरी घाइते भए। त्यही मौकामा दुबेले उनीहरूको पेस्तोल खोसेर भाग्न खाेजे। त्यसपछि प्रहरीले उनलाई घेरा हाले र आत्मसमर्पण गर्न भने। तर दुबेले गोली चलाउन थाले। अनि प्रहरीले पनि जवाफी फायरिङ गर्दा गोली लागेर दुबे घाइते भए। प्रहरीका अनुसार उपचारका लागि दुबेलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषित गरे।
कानपुर रेन्जका काआईजी मोहित अग्रवालले समाचार एजेन्सी पीटीआईसँग विकास दुबे मारिएकाे पुष्टि गरेका छन्।
Gangster Vikas Dubey killed in encounter when he tried to flee after road accident: IG, Kanpur Mohit Agarwal
— Press Trust of India (@PTI_News) July 10, 2020याे पनि: आठ प्रहरी हत्याका अभियुक्त विकास दुबे चढेको प्रहरीकाे गाडी पल्टियो

प्रतिक्रिया