समाज


बाह्रबिसे नगरअध्यक्ष भन्छन्ः २४ घर बगायाे, २ काे शव भेटियाे, १८ बेपत्ता

बाह्रबिसे नगरअध्यक्ष भन्छन्ः २४ घर बगायाे, २ काे शव भेटियाे, १८ बेपत्ता

नेपालखबर
असार २५, २०७७ बिहिबार २:५०,

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) निमफुन्जो शेर्पाले विभिन्न स्थानीय खोलामा उर्लिएको बाढीले ठूलो जनधनको क्षति भएको जानकारी दिएका छन्।

बिहीबार बिहान नेपालखबरलाई संक्षिप्त जानकारी दिँदै मेयर शेर्पाले विभिन्न वडामा गरी बाढीले कम्तीमा २४ घर बगाएको, २ जनाको मृत्यु भएको र १८ जना बेपत्ता भएको जानकारी दिए।

‘अहिले म नेपाली सेनाको उद्धार टोलीसँगै घटनास्थलमा छु, उद्धारमा व्यस्त छु, संक्षिप्तमा भन्दा बाह्रबिसे नगरपालिका वडा नम्बर ३ स्थित प्रहरी कार्यालयदेखि केही अगाडि अरनिको राजमार्ग क्षतिग्रस्त भएको छ, वडा नम्बर ९ स्थित पक्की पुलमा क्ष्ति पुगेको छ, वडा नम्बर ५ र ३ मा १२–१३ वटा घर बगाएको छ, मानवीय क्षति भएको छैन,’ नेपालखबरसँग उनले भने, ‘यसैगरी वडा नम्बर ७ र ८ को बीचमा रहेको आँधी खोलाको बाढी बस्तीमा पस्दा ११ घर बगाएको छ, २ जनाको लास भेटिएको छ, १८ जना बेपत्ता छन्।’

उनका अनुसार वडा नम्बर ९ स्थित पक्की पुल बगाउने खतरा बढेको छ। बाढी अझै घटेको छैन। उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर आउँदै गरेको उनले जानकारी दिए।

उनी उद्धारमा व्यस्त भएकाले यसभन्दा बढी जानकारी दिन सकेनन्।

उनका अनुसार बाह्रबिसेका विभिन्न खोलाका बाढी विभिन्न वडाका बस्तीमा पसेको हो। बाढीले घर, राजमार्ग, पुललगायत भौतिक संरचनाका साथै ठूलो मात्रामा मानव क्षति गराएको छ। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ। 

याे पनि: सिन्धुपाल्चोकमा बाढीले बगाएर २ जनाको मृत्यु, १८ जना बेपत्ता भएकाे स्थानीयकाे भनाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad