शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा प्रहरीले पक्राउ गर्ने क्रममा धक्कामुक्की हुँदा घाईते भएका मजित अन्सारीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ।
बाढी प्रभावित सुकुमबासीको अवस्था बुझ्न कीर्तिपुर पुगेका अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले पक्राउ गर्ने क्रममा भएको धरपकड हुँदा उनको टाउको, अनुहार तथा शरीरको माथिल्लो भागमा चोट लागेपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
अन्सारीको टाउको, अनुहार, गोलीगाँठामा चोट छ। उनको वार्डमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईले अन्सारीको स्वास्थ्य अवस्था सुधार हुदैँ गएको बताए।
‘टाउको, अनुहार, हात, खुट्टा, घुडाँ र आँखा चोट लागेको छ। हामीले टाउको सीटी क्यान गरेर हेयौँ, टाउँको भित्र चोट देखिएको छैन्,’ उनले नेपालखबरसँग भने ‘गम्भीर चोट देखिएको छैन्, तर बिरामीलाई दुखाइ भइरहेका कारण वार्डमा उपचार भइरहेको छ।’
अन्सारीको डा.अमृत प्रधानांगको टीमले उपचार गरिरहेको छ।
अन्सारीलाई नियन्त्रणमा लिएलगत्तै कीर्तिपुर प्रहरी वृत्त लगिएको थियो। त्यसक्रममा उनको आँखामा चोट देखिएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।
अन्सारीलाई भेटन प्रगतिशील लोकतान्त्रिक पार्टीकी नेतृ मानुषि यमी भट्टराई पुगेकी थिइन्। उनले अन्सारीको अनुहार र मुखमा घाउ टाउकोमा चोट लागेको बताएकी छिन्।
‘प्रहरीले तान्दा कपाल झरेका छन्। टाउको दुखेको, बोलचाल गर्न गाह्रो भइरहेको भनेको छ,’ उनले भनिन्।
प्रहरीले गाडीमा राखेपछि पनि अन्सारीलाई कुटपिट गरेको दाबी उनले गरिन्।
‘सामान्य मावनीय व्यवहार पनि नगरी कुटपिट गरिएको पायौँ,’ उनले भनिन्, ‘प्रहरीले कीर्तिपुर लगेर छोडेछन्। त्यसपछि उनका साथीहरुले नै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेका हुन्।’
Shares

प्रतिक्रिया