समाज


प्रदेश १ मा संक्रमितको संख्या ७०१ पुग्यो, ५२७ ले कोरोनालाई जिते

प्रदेश १ मा संक्रमितको संख्या ७०१ पुग्यो, ५२७ ले कोरोनालाई जिते

नेपालखबर
असार २५, २०७७ बिहिबार २:५२,

प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो।

मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच, विर्तामोड र हल्दिबारीमा एक–एक, सुनसरीको इटहरीमा दुई, तेह्रथुमको लालीगुराँसमा एक, ताप्लेजुङको फुङलिङमा एक महिलासहित दुई र इलामको सन्दकपुरमा दुई जनामा कोभिड–१९ पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।। योसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या सात सय दुई पुगेको छ ।

यसैबीच प्रदेश १ मा बुधबार थप ४९ सङ्क्रमित निको भएर घर फर्केका छन्। यसरी निको हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका १४ र पूर्वाञ्चलविश्व विद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट ३५ छन्।

निको हुने सङ्क्रमितमा १० जना महिला रहेका मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश १ मा कोरोनालाई जित्नेको सङ्ख्या पाँच सय २७ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad