छापा खबर


नेपालमा कोरोनाबाट हुने मृत्युदर किन कम? यसो भन्छन् विज्ञ

नेपालमा कोरोनाबाट हुने मृत्युदर किन कम? यसो भन्छन् विज्ञ

नेपालखबर
असार २५, २०७७ बिहिबार २:३०,

नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमितको संख्या झन्डै साढे १६ हजार पुगेको छ।

संक्रमितमध्ये ३५ जनाले ज्यान गुमाएका छन्। अन्य मुलुकको दाँजोमा नेपालमा मृत्युदर ज्यादै न्यून (०.२१ प्रतिशत) देखिएको छ।

यसको खास कारण के हो? आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेको समाचार अनुसार केही विज्ञले नेपालीको खानपान, रहनसहन, क्षयरोगविरुद्ध लगाएको बिसिजी खोप वा रोगप्रतिरोधी क्षमतालाई सम्भावनाका रुपमा देखाएका छन्। तर वास्तविक र यथार्थ कारण कसैले बताउन सकेका छैनन्।

कोभिड–१९ ले विकसित तथा युरोपेली मुलुकमा चारदेखि १५ प्रतिशतसम्म संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरु नेपालमा संक्रमितको तुलनामा धेरै नै कमदरमा मृत्यु हुनु सुखद संयोग मान्छन्।

उनीहरु यसको यकिन कारण पत्ता लगाउन थप अध्ययन अनुसन्धान आवश्यक बताउँछन्। यथार्थ कारण थाहा नभए पनि उनीहरुले नेपालमा मृत्युदर कम हुनुमा केही धारणा व्यक्त गरेका छन्। त्यसमध्ये पहिलो हो, संक्रमितमध्ये अधिकांश युवा हुनु।

विज्ञका अनुसार उमेर बढी भएका भन्दा युवामा रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ। नेपालमा संक्रमित धेरै युवा भएका कारण विश्वका अन्य मुलुकको तुलनामा मृत्यु दर कम भएको हो।

स्वास्थ्य मन्त्रालयले असार २४ मा प्रकाशित गरेको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन्। नेपालमा कुल संक्रमितमध्ये आठ सय ५८ जना ५० वर्षमाथिका र १५ हजार पाँच सय ६५ जना ५० वर्षमुनिका छन्। यस्तै मृत्यु हुनेमा पनि ५० वर्षमुनिका २२ र ५० वर्षमाथिका १३ जना छन्।

नेपालको जनसंख्यामा युवाको हिस्सा बढी छ। स्पेन, इटाली, फ्रान्स, बेलायतजस्ता केही युरोपेली राष्ट्रमा कोरोनाबाट वृद्धवृद्धा बढी संक्रमित भएका कारण मृत्युदर बढी भएको बताइएको छ। ती मुलुकमा मृत्यु हुनेमा वृद्धवृद्धाको संख्या बढी छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा.बाबुराम मरासिनीले नेपालमा मृत्युदर कम हुनुको ठ्याक्कै वैज्ञानिक कारण नभएको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad