सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा कोरोना भाइरसका २२ जना नयाँ संक्रमित थपिएका छन्।
सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएका मध्ये अछाम मेल्लेखका ५ जना, कैलालीकाे लम्की चुहाका १३ र गाेदावरीका ४ जना छन्। ति मध्ये पुरुष १४ र महिला ८ जना रहेकाे मंगलबार अस्पतालले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ।
3
Shares
प्रतिक्रिया