ad ad

राजनीति


नयाँ नक्साको विरोध गरेकी सरिता गिरीलाई सांसद नरहने गरी कारवाहीको तयारी

नयाँ नक्साको विरोध गरेकी सरिता गिरीलाई सांसद नरहने गरी कारवाहीको तयारी

नेपालखबर
असार २३, २०७७ मंगलबार ९:४७,

पार्टी ह्वीपको उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद र पार्टी दुबैमा नरहने गरी कारवाही हुने भएको छ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि जेठ ३१ गते भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेर मतदान बहिष्कार गरेकी थिइन्।

समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।

तर संसद बैठक चलिरहँदा बाहिरिएकी सांसद गिरीले सार्वजनिक रुपमा पनि सो नक्सा जारी गर्ने सरकारी निर्णयको बिरोध गरेकी थिइन्।

अहिले सो विषयबारे निर्णय गर्न समाजवादीको पदाधिकारी बैठक बस्न लागेको र बैठकमा सो विषय एजेण्डामा रहेको छ।

‘सांसद गिरीलाई पार्टी र संसद दुवैतर्फ कारवाहीको सिफारिस भई आएको छ, आजको एजेण्डामा सो विषय पनि छ,’ समाजवादीका एक पदाधिकारीले भने, ‘बैठकले यसबारे अन्तिम निर्णय गर्छ,’ उनले भने।

यसअघि पार्टी ह्वीप नमानेको भनी संसदीय दलले पनि गिरीलाई कारवाही गर्न सिफारिस गरेको थियो।

सोहि विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न पार्टी महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको थियो।

सोही कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय पदाधिकारीलाई सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .