ad ad

समाज


कञ्चनपुरमा धारिलो हतियारले हानेर हत्या, फरार हत्यारा पक्रन सबै नाकामा प्रहरी परिचालन

कञ्चनपुरमा धारिलो हतियारले हानेर हत्या, फरार हत्यारा पक्रन सबै नाकामा प्रहरी परिचालन

गोकुल जोशी
असार २१, २०७७ आइतबार ३:२२,

कञ्चनपुरको पुनर्वासमा शनिबार राति धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का डिएसपी अमर थापाका अनुसार पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुँवरको हत्या भएको हो।

हत्यामा उनकै छिमेकी ४० वर्षीय गौरव खड्का ९गोरे० को संलग्नता रहेको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार छन्। घटनाको कारण खुल्न सकेको छैन।

उनको खोजी भइरहेको डीएसपी थापाले नेपालखबरलाई जानकारी दिए। उनी भाग्न जान सक्ने सम्भावित सबै नाकामा प्रहरी खटाइएको उनले बताए।

धनगढीबाट कुकुरसमेत ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले एसपी मुकुन्द मरासिनी पनि पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .