ad ad

समाज


मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, तीन घाइते

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, तीन घाइते

नेपालखबर
असार २१, २०७७ आइतबार ३:५९,

सर्लाहीको वरहथवामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घटनामा अन्य तीनजना घाइते भएका छन्।

बरहथवा नगरपालिका-११ मा शनिबार राति ना ५२ प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय रामप्रवेश मुखियाका १२ वर्षीय छोरा जुगल मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ठक्करबाट बालकको घटनास्थलमै मत्यु भएको हो।

मुखिया सँगै रहेका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतो घाइते भएका छन्। उनीहलाई उपचारको लागि वीरगञ्ज लगिएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .