समाज


रोपाइँमा चट्याङ लाग्दा बारामा ४ महिलाको मृत्यु, ८ घाइते

रोपाइँमा चट्याङ लाग्दा बारामा ४ महिलाको मृत्यु, ८ घाइते

नेपालखबर
असार १८, २०७७ बिहिबार ३:३१,

धान रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा बारामा आज (बिहीबार) बिहान चारजना महिलाको मृत्यु भएको छ।

बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

फेटा गाउँपालिका १ त्रिवेनीका ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवी, कलैया उपमहानगरपालिका १२ स्थित शितलपुरकी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको चट्याङ लागेर मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गपन मिश्रले जानकारी दिए।

‘उनीहरु सबैलाई धान रोपाइँको लागि खेतमा गएको बेला चट्याङ लागेको हो,’ डिएसपी मिश्रले नेपालखबरसँग भने, ‘चट्याङ लागेर फेटा गाउँपालिकाका सातजना र कलैया १२ मा एक जना घाइते भएका छन्।’

घाइते दुई महिलाको अवस्था गम्भीर छ। गम्भीर घाइते बचैयादेवी हजामको कलैयामा उपचार भइरहेको छ। बाँकी सात जना घाइतेको वीरगञ्जमा उपचार भइरहेको डिएसपी मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार वीरगञ्जमा उपचार गराइरहेकी कलैयाकी मरियम खातुनको अवस्था गम्भीर छ। प्रदेश २ का सबैजसो जिल्लामा बिहानैदेखि मेघ गर्जनसहित ठूलो पानी परिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad