समाज


दाङमा मध्यराति फेसबुक लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

दाङमा मध्यराति फेसबुक लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

नेपालखबर
असार १८, २०७७ बिहिबार ३:२९,

दाङको तुलसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन्।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन्।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले घटनाको पुष्टि गरे।

खबर आउनेबित्तिकै प्रहरी टोली परिचालन भएको भए पनि युवती भएको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो। विवाहित उनी माइतीमा बसेकी थिइन्। माइती घरका पनि सबै जना भारत गएकाले उनी कोठामा एक्लै रहेको प्रहरीले जनाएको छ। तर घटनाबारे विस्तृत खुल्न बाँकी छ।

‘हामी घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौं,’ डीएसपी खड्काले बिहीबार बिहान नेपालखबरसँग भने।

अहिले युवतीको शव राप्ती प्रादेशीक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad