समाज


आज यस्तो हुनेछ काठमाडौँ उपत्यकाको मौसम

आज यस्तो हुनेछ काठमाडौँ उपत्यकाको मौसम

नेपालखबर
असार ८, २०८३ सोमबार ६:२९, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (सोमबार) पनि मौसम बदली र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल (कतै कतै मात्र खाली) लागेको छ।

‘एक-दुई घण्टामा बादल घट्दै जान्छ र दिउँसोतिर मौसम खुलेजस्तो हुन्छ, तर फेरि बादल लाग्छ’, उनले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘अनि साँझपख मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ 

त्यसो त तत्काल पनि कतै कतै फाटफुट पानी पर्ने सम्भावना रहेको पनि उनले बताइन्।

तर वर्षाको बढी सम्भावना साँझ र रातिको समयमा देखिएको छ मौसमविद् महर्जनले भनिन्। 

यसैबिच आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस देखिएको छ। तर यो सुरुवाती मापन भएकाले अहिले बिहान ८:४५ बजे अपडेट गरिन्छ।  

‘आज काठमाडौँ उपत्यकामा अधिकतम तापक्रमचाहिँ २९ देखि ३१ डिग्रीसम्म पुग्ने अनुमान गरेका छौँ’ , मौसमविद् महर्जनले भनिन्। 

अधिकतम तापक्रम साँझ ५:४५ मापन गरिन्छ। 

देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अध्यावधिक विस्तृत प्रक्षेपण जारी गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad