समाज


स्याङ्जामा पनि पुग्यो सलह, मार्नेलाई किलोको सय रुपैयाँ

स्याङ्जामा पनि पुग्यो सलह, मार्नेलाई किलोको सय रुपैयाँ

नेपालखबर
असार १५, २०७७ सोमबार ४:३०,

भारत हुँदै नेपाल पसेको सलह स्याङ्जामा पनि देखापरेको छ। जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो कीरा देखिएपछि किसान चिन्तित बनेका छन्।

यसैकारण गाउँपालिका कार्यालयले सलह मार्नेलाई प्रतिकिलो १०० रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको उनले बताए।

उनले भने, ‘सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौं।’

याे पनि: कृषि मन्त्रालय भन्छः दिल्ली आइपुगेको सलहको ठूलो झुण्डले चिन्ता बढायो

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ। स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए।

यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिइन्। सलह जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए।

किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले जानकारी दिए। खेतबारीमा सलह कीरा देखिएपछि त्यसलाई भगाउन स्थानीयवासीले यतिबेला आगो बाल्ने, भाँडाकुँडा ठटाउने गरिरहेका छन्।

सलह कीरा लमजुङमा पनि प्रवेश गरेको छ। जिल्लाको सुन्दरबजार नगरपालिका–६, फेदिकुनामा आइतबार सलह कीरा देखिएको हो।

स्थानीयले सलह कीरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ।

कृषि ज्ञान केन्द्र (लमजुङ)का प्रमुख घिमिरेले भने, ‘सलह कीराजस्तै देखिएको छ तर ठूलो समूहमा यो कीरा आएको छैन, सलह कीराको एउटा प्रजाति भएको देखिन्छ, यहाँ जम्मा १०–१२ वटा मात्र फेला परेका छन्।’ उनका अनुसार सलह कीरा भएको आशंका गरिए पनि पुष्टि भइसकेको छैन। रासस

याे पनि: सलह ल्याउने हावाबारे मौसम महाशाखाले जारी गर्‍याे विशेष बुलेटिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad