समाज


काठमाडौंको एक घरमा झुन्डिएको अवस्थामा युवक मृत

काठमाडौंको एक घरमा झुन्डिएको अवस्थामा युवक मृत

नेपालखबर
असार १५, २०७७ सोमबार ४:२४,

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित निर्माणाधीन घरमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्।

बौद्धस्थित महानगरीय प्रहरी वृत्तका अनुसार मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

घर साहु स्याङ्तानले घर निर्माणका लागि निर्माण व्यवसायी रेशम गुरुङलाई ८० लाखमा ठेक्का दिएका थिए। निर्माण व्यवसायी गुरुङले ती राई युवकलाई घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए।

बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे। शनिबार बेलुकीसम्म उनी ओहोरदोहोर गरिरहेका थिए।

आइतबार एक्कासि झुन्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए। हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेका थिए।

निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए। मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बन्दाबन्दी सुरु भएपछि आत्महत्या गर्नेको संख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad