समाज


मंगलबार राति खण्डग्रास चन्द्रग्रहण, नेपालबाट कस्तो देखिन्छ?

मंगलबार राति खण्डग्रास चन्द्रग्रहण, नेपालबाट कस्तो देखिन्छ?

नेपालखबर
असार ३०, २०७६ सोमबार ११:०,

मंगलबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लाग्ने बताइएको छ।

मौसम अनुकूल भएमा काठमाडौंबाट राति १ बजेर ४६ मिनेटबाट खण्डग्रास चन्द्र ग्रहण देखिने नेपाल एस्टोनोमिकल सोसाइटी(नासो)का अध्यक्ष सुरेश भट्टराईले बताए।

१ बजेर ४६ मिनेटमा सुरु हुने ग्रहण राति ३ बजेर १५ मिनेटमा मध्य र बिहान ४ बजेर ४४ मिनेटमा सकिने अध्यक्ष भट्टराईले जानकारी दिए।

उनले नेपालका पुरै भूभागबाट ग्रहण हेर्न सकिने बताए। सूर्य तथा चन्द्रको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण लाग्ने गर्छ। खण्डग्रास पूर्णिमाका रातिमा मात्रै लाग्छ। मंगलबार गुरु पूर्णिमा हो।

चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन्। ‘वैज्ञानिक मूल्य र मान्यता अनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन’, उनले भने।

मध्य मनसुनको मौसममा मंगलबार रातिको आकाश खुल्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

मंगलबार राति देशको पश्चिमी क्षेत्रमा एक वा दुई सथानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .