खेल


जावलाखेलसँग पराजित हुँदै दुई पटकको विजेता आर्मी बाहिरियो

जावलाखेलसँग पराजित हुँदै दुई पटकको विजेता आर्मी बाहिरियो

नेपालखबर
असार ३०, २०७६ सोमबार १०:४५,

जावलाखेल युथ क्लबसँग सडन डेथमा ४-३ गोल अन्तरले पराजित हुँदै दुई पटकको उपाधि विजेता त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी ललितस्मृति यू–१८ फुटबल च्याम्पियनसिपको क्वार्टरफाइनलबाट बाहिरिएको छ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा सोमबार निर्धारित ९० मिनेटमा दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टीमा  खेल ३-३ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो। 

सडन डेथमा जावलाखेलका राम गुरुङले विजयी गोल गर्दै आर्मीलाई घर फर्काइदिए। आर्मीका आशिष आले गोल गर्न चुके पछि जावलाखेल सेमिफाइनलमा पुगेको हो। 

पेनाल्टीमा जावलाखेलका लागी राम गुरुङ, आशिष शाही,धिरज पुन मगर र अक्ष प्रधानले गोल गरे भने सुरज गुरो र साचु गुरुङको प्रहार भने आर्मीका गोलकिपर विशाल सुनारले बचाए।

आर्मीका बिनय चौधरी, शिव बोटे र विशाल सुनारले गोल गरे। निशान गुरुङ, बिश्रान्त बस्नेतको प्रहार जावलाखेलका गोलकिपर प्रज्वज शाहीले रोके। अनिशको प्रहार पोलमा लागेर फर्कियो ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad