मंगलबार आयुर्वेदिक औषधि सार्वजनिक गर्दै रामदेवले आफूले बनाएको औषधिले कोरोना निको हुने दाबी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
हाल कोरोना भाइरसविरुद्धको औषधि र खोप बनाउन विश्वभरका वैज्ञानिकहरुले प्रयास गरिरहेका छन्।
यसबीचमा रामदेवको कम्पनी पतन्जलीले ‘कोरोनिल र स्वासरी’ नामको आयुर्वेदिक औषधि सार्वजनिक गरेको छ। यस औषधिले सत प्रतिशत कोरोनामुक्त गर्ने दाबी गरिएको छ।
हरिद्वारमा बाबा रामदेवले भनेका छन्,‘पुरा देश र विश्वले कोरोनाविरुद्धको खोप र औषधि पर्खिरहेका थिए। हामी पहिलो आयुर्वेदिक औषधि घोषणा गर्न पाउँदा गर्वको महसुस गरिरहेका छौं।’
रामदेवले अनुसन्धान र परीक्षणपछि औषधि सार्वजनिक गरेको बताउँदै भनेका छन्,‘यस औषधिले ३ देखि ७ दिनभित्र कोरोना निको बनाउँछ।’ हिन्दुस्तान टाइम्स


प्रतिक्रिया