पर्वतको जलजला गाउँपालिकाका स्थानीयले जिउँदो चितुवालाई नियन्त्रणमा लिएका छन्।
सोमबार दिउँसो करिव ५ बजेतिर जलजला ७ धाइरिङको लामाबगर र केराबारीको बीचमा रहेको जंगलमा स्थानीयहरु चितुवा भेटेपछि नियन्त्रणमा लिएका हुन्।
झाडीमा जीउँदो चितुवादेखेपछि स्थानीयहरुले घेरा हालेर इलाका प्रहरी कार्यालय मिलनचोकमा खबर गरेका र प्रहरी सहितको टोलीले चितुवालाई नियन्त्रणमा दिएको ७ नम्बर वडाका वडाध्यक्ष टुंगनाथ आचार्यले जानकारी दिए।
‘झाँडीमा चितुवा देखेपछि स्थानीयले घेरा हालेर प्रहरीलाई खबर गर्नुभएछ’, वडाध्यक्ष आचार्यले नेपालखबरसँग भने, ‘सो चितुवा अहिले जिल्ला वन कार्यालयलाई बुझाइसकिएको छ।’
इलाका प्रहरी कार्यालय मिलनचोकका प्रमुख तथा प्रहरी सहायक निरीक्षक ध्रुब बोहोराले चितुवा बिरामीजस्तो देखिएको बताए। उनले स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाइसकिएको जानकारी दिए।
सो चितुवालाई स्थानीयले नियन्त्रणमा लिएपछि डोरीले डो¥याएउँदै ईलाका प्रहरी कार्यालय मिलनचोकसम्म पु¥याएका थिए।
स्थानीयले बीचमा राखेर चितुवा डो¥याउँदै हिँडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। सो भिडियोमा चितुवा डो¥याएको भिडियो र फोटो खिच्नेको लहरै लागेको देख्न सकिन्छ।
हेरौँ सामाजिक सञ्जालबाट लिइएको उक्त भिडियो
Shares

प्रतिक्रिया