कारोबार


पूर्वी नाकामा अवरोध खुलेसँगै नेपाली वस्तु भारत निर्यातमा सहज

पूर्वी नाकामा अवरोध खुलेसँगै नेपाली वस्तु भारत निर्यातमा सहज

नेपालखबर
असार ९, २०७७ मंगलबार ८:५३,

नेपालबाट भारत निर्यात गर्न लागिएका वस्तुको भारत प्रवेशमा भएको केहि दिनको अवरोध सहज भई सुचारु भएको छ।

भारततर्फ जान लागेका वस्तुमा नेपालको पूर्वी नाकामा भारतले पास नदिएका कारण निर्यातमा अवरोध हुँदै आएको थियो।

मेची नाकामा नेपालको चिया, अलैँची, अम्रिसोलगायतका वस्तु रोकिएकोमा आइतबार देखि निर्यात हुन थालेको छ।

भन्सार विभागका अनुसार त्यस्ता सामान रहेका ३० वटा कन्टेर रोकिएको थियो। ती सामान करिव एक हप्ता रोकिएपछि अहिले प्रवेश खुला गरिएको छ।

आइतबारदेखि भारत प्रवेशमा समस्या हटेको व्यवसायीले बताएका छन्।

लकडाउनको समयदेखि नै भारतले नेपाली वस्तु आयातमा आनाकानी गर्दै आएको छ। विशेषगरी पूर्वी नाकामा अवरोध गर्दै आएको भारतले आइतबारदेखि भने अवरोध गरेको छैन।

लकडाउन र कोरोना संक्रमणको कारण देखाउँदै भारतले नेपाली वस्तुलाई प्रवेश दिएको थिएन।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले नेपालखबरसँग कुरा गर्दै भारतीय भन्सारमा लकडाउनको करण पर्याप्त कर्मचारी नभएको तथा संकमणको डर देखाउँदै सामान अवरोध हुँदै आएको बताए।

तर अहिले भने विनाअवरोध सबै सामान निर्यात भैरहेको उनले जानाकारी दिएका छन्।

चिया, अलैंची, पाम आयल निर्यातमा बैंशाखको सुरुदेखि अवरोध सुरु भएका कारण उद्योग वािण्ज्य तथा आपूर्ति मन्त्रालयले भारतमा रहेको नेपाली दूतावासमार्फत् भारत सरकारलाई पत्र समेत लेखेको थियो।

तर पाम आयल भने भारतले अहिलेसम्म जान दिएकाे छैन।

याे पनि: नेपाली वस्तु निर्यातमा भारतको अघोषित बन्देज, जोगबनीदेखि पूर्वका नाकामा अवरोध

भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad