संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या एक लाख २२ जार नाघेको छ।
वल्र्डओमिटरका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा एक लाख २२ हजार ६ सय दुई जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। यो मंगवलबार बिहान पौने सात बजेसम्मको तथ्यांक हो।
कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा धेरै आक्रान्त छ। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार दुई सय ३९ पुगेको छ। सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने तीन सय ५५ जनाले ज्यान गुमाएका छन्।
विश्वभर अहिलेसम्म कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या चार लाख ७३ हजार चार सय ५४ पुगेको छ। ९१ लाख ७९ हजार एक सय आठ जना संक्रमित भएका छन्।
सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार आठसय ५८ जनाको ज्यान गएको छ।

प्रतिक्रिया