तीन जनाको मृत्यु हुनाका साथै अन्य ३ गम्भीर घाइते भएको बीबीसीले जनाएको छ।
फोरब्युरी गार्डेनमा शनिबार स्थानीय समयअनुसार राति ७ बजे अन्धाधुन्ध चक्कु प्रहार भएको हो। प्रहरीले संदिग्ध २५ वर्षका व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रत्यक्षदर्शीका अनुसार पार्कमा रमाइलो गरिरहेका १० जनाको समूहमा एक व्यक्ति अपशब्द बोल्दै प्रवेश गरेका थिए।
त्यही उनले अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। प्रहरीले हालसम्म यस आक्रमणको उद्देश्य के थियो भन्नेबारे पत्ता लाग्न नसकेको बताएको छ।

प्रतिक्रिया