समाज


गर्मी र वर्षाको मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढे

गर्मी र वर्षाको मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढे

नेपालखबर
असार ७, २०७७ आइतबार ५:२६,

गर्मी र वर्षाको मौसम शुरु भएसँगै झापामा सर्पदंशका बिरामी बढ्न थालेका छन्।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको देखाएको हो।

उपचार केन्द्रमा गत चैतमा ४२ जना सर्पदंशका बिरामीको उपचारका लागि आएका थिए। वैशाखमा ४४ र जेठमा ८० जना सर्पदंशका बिरामी उपचारका लागि आएका केन्द्रले जनाएको छ।

असारको ६ दिनमै ३१ सर्पदंशका बिरामी केन्द्रमा आएका केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिए। सर्पदंश उपचार केन्द्रमा वार्षिक एक हजार पाँच सयको हाराहारीमा सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन्।

चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेका छन्।

तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डर बढी हुन्छ भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउजस्ता सर्पको डर बढी हुने गरेको भण्डारीले बताए।

गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिनु जरुरी छ। त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्चलाइट लिएर मात्रै निस्कनुपर्छ।

दाउराघाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने भण्डारीले बताए। विशेषगरी करेत सर्पले घरभित्रै टोक्ने भएकाले राति सुत्दा भुइँमा नसुत्ने, झुल टाँगेर मात्रै सुत्ने गर्दा पनि सर्पको टोकाइबाट बच्न सकिने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad